नियम ६७
अधिकारी तोकिएको

ऐनको दफा १९ को प्रयोजनको निमित्त हुलाकबाट चलन गर्दाको अवस्थामा सबै हुलाक वस्तुहरू तलासी लिन वा लिन लगाउन पाउने अधिकार देहायका हुलाक कर्मचारीहरूलाई हुनेछः–
(क) गोश्वारा हुलाक कार्यालयका मुख्य हुलाक हाकिम,
(ख) जिल्ला हुलाक कार्यालयका हुलाक हाकिम,
(ग) बिनिमय हुलाक कार्यालयका हुलाक हाकिम,
(घ) इलाका हुलाक कार्यालयका हुलाक हाकिम र
(ङ) क्षेत्रीय निर्देशक वा क्षेत्रीय निर्देशकले अधिकार सुम्पेको कर्मचारी ।